सपना साकार हुँदैछ : निर्देशक प्रदीप शाही

0 Shares

प्रदीप शाहीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना अब यथार्थमा परिणत गएको बताएकाछन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो डेब्यु फिल्म गोरखा बिनिथ द ब्रेभरी, जसलाई अहिले १९१५: लिजेन्ड अफ द गोरखाज नाम दिइएको छ, मेक्सिकोका एक प्रमुख वितरण कम्पनीले अधिग्रहण गरेको र यसले फिल्मलाई ६० भन्दा बढी देशहरूमा स्पेनिश भाषामा रिलिज गर्न सक्षम बनाउने जानकारी समेत फेसबुक पोस्टमा दिएका छन् ।

‘आधिकारिक रिलिज मिति घोषणा हुन बाँकी रहे पनि, यो फिल्म हाल अमेरिकाका, बेलायतका, दक्षिण कोरियाका, र ताइवानका अमेजन प्राइममा उपलब्ध छ, र छिट्टै अस्ट्रेलियामा पनि रिलिज हुने तयारीमा छ’, उनले पोस्टमा लेखेका छन् ।

शाहीका अनुसार  ‘१९१५: लिजेन्ड अफ द गोरखाज’ च्यारिटीबाट सम्भव भएको परियोजना बताउँदै सोकालागि स्वयंसेवक र उदार व्यक्तिहरूले निर्माणमा सहयोग गरेको भनेकाछन् ।

शाहीले बजेट सीमितताका कारण कथाको गहिराईलाई पूर्ण रूपमा अन्वेषण गर्न नसकेको स्वीकार गर्दै सिक्वेलमा काम भइरहेको पुष्टि गरेका छन्, जसका थप विवरण आगामी तीन वर्षभित्र आउने आशा गरिएको छ।

शाहीले फिल्मले ६५ भन्दा बढी देशहरूमा पुर्‍याएको यो उपलब्धिलाई लिएर अत्यन्त गर्व व्यक्त गरेका छन्। साथै, आफ्नो यात्रामा साथ दिने सबैलाई उनले हार्दिक धन्यवाद दिएका छन् ।

 

 

सम्बन्धित समाचार

सबै