0
Shares
छोरी पनि छोरा सरहका सन्तान हुन् भन्ने सन्देश बोकेको ‘सतीदेवी’ २०८० सालको विशेष फिल्म घोषित भएको छ।
सिनेमाका निर्देशक लक्ष्मण सुवेदी हुन्। यो सिनेमाका निर्माता समेत रहेका सुवेदी रंगपत्रकारितामा सक्रिय नाम हो ।
बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सुवेदीलाई पुरस्कार प्रदान गरे ।
यस्तै यही विधामा लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष चलचित्र घोषित भए ।
विशेष फिल्म घोषित भएका यी तीनै सिनेमालाई दुई दुई लाख रुपैयाँ पुरस्कार सो अवसरमा प्रदान गरियो। चलचित्र विकास बोर्डले फिल्मको सबटाइटलिङको लागि सो नगद दिइने जनाएको छ ।