‘धुरन्धर २’ले नेपाली बक्सअफिसमा १० करोड नाघ्यो,उठ्ला त नेपाल वितरकको लगानी?

0 Shares

बलिउड निर्देशक दित्य धर निर्देशित स्पाइ–एक्सन फिल्म ‘धुरन्धर २’ (‘धुरन्धर : द रिभेन्ज’) ले नेपाली बक्सअफिसमा सुखद कमाइ गरेको छ। रणवीर सिंह स्टारर यो फिल्मले अघिल्लो भागको तुलनामा नेपाली बजारमा अझ राम्रो प्रदर्शन गर्ने संकेत दिएको छ।

आइतबार दिउँसो १२ बजेसम्म फिल्मले १० करोड ४७ लाख १७ हजार ८११ रुपैयाँ ग्रस कमाइ गरेको छ। योसँगै फिल्मले नेपाली बक्सअफिसमा १० करोड रुपैयाँको आँकडा पार गरेको हो।

तर, यति कमाइले मात्र नेपाली वितरकको लगानी उठ्न पर्याप्त देखिँदैन। वितरकका अनुसार फिल्मले लगानी सुरक्षित गर्न कुल कमाइ करिब साढे १७ करोड रुपैयाँ ग्रसभन्दा बढी पुग्न आवश्यक छ।

दोस्रो सातादेखि हलबाट वितरकले पाउने सेयर प्रतिशत घट्ने भएकाले फिल्मले अन्ततः लगानी उठाउन सक्छ वा सक्दैन भन्ने विषय अझै अनिश्चित छ।

यद्यपि, यो फिल्मले भारतसहित विश्व बजारमा भने उल्लेखनीय कमाइ गरिरहेको छ।

सम्बन्धित समाचार

सबै