रोहित, सन्तोष र दीपकजी बाझेर आखिरमा के पाइयो ? आफ्नै इज्जतको लिलामी

0 Shares

आज दिनभर नेपाली रजतपट निर्माता रोहित अधिकारी, निर्माता-निर्देशक सन्तोष सेन र चर्चित हास्य अभिनेतासमेत रहेका  दीपकराज गिरीको दन्तबझानले गर्मायो ।

कसले कसलाई केके भने सबैमा जगजाहेर नै छ ।

फेसबुकको यो बाझाबाझ प्रहरीचौकीसम्म पुगिसकेको छ । नतिजा के आउँछ केही दिनेमा थाहा हुने नै छ ।

यो सम्पूर्ण प्रकरणमा यी तीनै पात्रले एकले अर्कालाई आफ्नो विरुद्ध साइबर बुलिंङ, साइबर गाली तथा आफ्नो आसन्न रिलिजलाई बदनाम गराउने षड्यन्त्रका रुपमा दाबी गर्दै आइरहेका छन् ।

यी तीन जनाबीच आज यो स्थिति उत्पन्न हुनुमा फूलपातीमा रिलिज हुन लागेका तीनमध्ये २ सिनेमा ‘बलिदान’ र ‘माइतीघर’ सिनेमा रहेका छन् । यी दुईमा ‘बलिदान’ सन्तोष सेन निर्मित तथा निर्देशित महत्वाकाक्षी प्रोजेक्ट हो भने ‘माइतीघर’ रोहित अधिकारीको सिनेमा हो । यी दुबे सिनेमालाई यस वर्ष व्यापारमा उछाल ल्याउन सक्ने सिनेमाको सूचिमा राखिएको छ ।

‘बलिदान’ गत वर्ष ‘१२ गाँउ’बाट अभिनेता समीर भट्ट दीपकराज गिरीको सर्वकालिन हिट सिरिज ‘छक्कापञ्जा-५’लाई ‘काँटेकी टक्कर’ दिदैं अगाडि बढ्न सफल रहे ।

सो समयमा सन्तोष सेन समूहले आफ्नो सिनेमा खेल्न लागेका समीरलाई स्थापित गराउन गिरीमाथि योजनाबद्द साइबर सेना प्रयोग गरेको आरोप लाग्यो जसको खण्डन सन्तोषले त्यतिबेलै गरेका थिए ।

यो विषय सामसुम भयो भन्ने ठानिएकोमा केही दिन यता निर्माता रोहित अधीकारीले आफ्ना सिनेमाका विरिद्ध साइबर षड्यन्त्र हुँदै आएको र यसपटक आफू चुप नलाग्ने आशयका स्टाटस पोस्ट गर्दै आइरहेका थिए ।

यस्तैमा ज्योतिषिय दृष्टिबाट खरो बारका रुपमा मानिने मंगलबार दीपकराज गिरीले बाघ र स्याल प्योग गरिएको स्टाटस् लेखेपछि हाल यो प्रकरण प्रहरीको पुगिसकेको छ । रोहितले उजुरी हालेपछि केस प्रहरीकोमा औपचारिक रुपमा पुगेको हो ।

यो घटनाले नकारात्मक सन्देश दिएको धेरै फिल्मकर्मीको बुझाइ छ । यसले दर्शक भड्किनसक्ने समेतको चिन्ता व्यक्त भएको छ ।

चाडपर्वमा केही वर्षयता सिनेमा जुध्ने गरेका छन् । यसपटक फूलपातीको दिन ३ वटा सिनेमा एकसाथ रिलिज हुँदैछ ।

जसमध्ये दुई निर्माता बाझाबाझ र मुद्दामामिलामा उत्रेको अवस्था रहेकोमा अर्को सिनेमाले आफ्नो सिनेमाको प्रचारलाई मात्र ध्यान दिएर सोझो बाटोमा हिँडिरहेको छ ।

धेरै रोहित र सन्तोषले सोही सिनेमाको बाटो अबलम्बन गर्नुपर्ने बताएका छन् ।

यो फिल्म ‘हरिबहादुरको जुत्ता’को जसको शीर्ष भूमिकामा दिग्गज अभिनेता हरिवंश आचार्य रहेका छन् । सोमबार यो फिल्मको गीत रिलिज कार्यक्रम थियो । कार्यक्रमको प्रश्नोत्तर चरणमा यसका कलाकार तथा निर्माणपक्ष व्यवसायिक रुपमा नै प्रस्तुत भए, उनीहरुले अरुको चर्को आलोचना नगरी आफ्नो सिनेमाको कुरा गरे ।

यस अवस्थामा  रोहित र सन्तोषले हरिवशंबाट सिक्दा राम्रो हुने देखिन्छ ।

सिनेमा व्यवसाय भएकाले यो आफ्नै व्यवसायिक नीतिनियममा चल्नसक्छ । आफ्ना प्रचार सामाग्रीबाट दर्शकमा पुग्न सकिन्छ । दर्शकले उनीहरुले सार्वजनिक गरेका सामाग्रीका आधारमा कुन सिनेमा हेर्ने तय गर्नसक्थे तर तो झगडाले उनीहरूलाई सिनेमाबाट ध्यान अन्यत्र मोडिएकोमअवस्था छ । यसले फिल्मको प्रचारमा असर गर्छ नै।

लड्नुस् नलड्नुस् भनेको होइन। तर तपाईहरु व्यवसायिक किसिमले लड्नुस् तपाईहरु आफ्नो सिनेमाको क्राफ्टले लड्नुस् र आफूलाई अब्बल साबित गरेर एक अर्कालाई पछार्ने काममा अगाडि बड्नुस्।

यस प्रकारले लडेर के पाइन्छ?

तीन सिनेमा धान्न नेपाली वक्सअफिस सक्षम छ । गतवर्ष पनि यो दृश्य देखिएकै हो ।

तर यसपटक सिनेमाको चर्चा नभइ विषययान्तर हुन पुगेको छ जसको क्षति सिनेमाले भोग्ने नै छ । यो सँगै तीनैजनाको सार्वजनिक छविसमेत  धुमिल भएको छ ।व्यवसायिक निर्माताको परिचय बोकेका यी तिनै निर्माताको व्यक्तित्व यो प्रकरणले गिराएको छ ।

उनीहरु राम्रा मेकरमात्र होइन उपरान्त झगडियाका रुपमा पनि परिचित हुने भएका छन् । उनीहरुले आफ्नो साख आफै गिराउने काम गरेका छन् ।

हो आफूमाथि अनन्याय भए प्रतिकार गर्नुपर्छ तर सीमामा बसेर । आज त्यो सीमा भत्काएर एकअर्कासँग खनिने काम भएको छ ।

अब यो घटनाले सबै गर्ने क्षति भइसकेको भएपनि सच्चिने बाटो बन्द भइसकेको अवस्था छैन । तिने पक्षले आत्मआलोचना गर्दै नेपाली दर्शकसँग माफी माग्दै आफ्नो सिनेमाको गुण पस्केर प्रचार गरून र यो गल्ती नदोहोर्याउने बाचा गरुन । नेपाली रजतपटले हाल चाहिरहेको यही नै हो ।

अन्तमा तपाईँहरू मान्नुस् नमान्नुस् या तपाईहरुको यसलाई प्रतिरक्षा गर्न आफ्नै तर्क होलान् तर यो घटनाले सिनेप्रेमीहरूको मन चाहिँ कुडिएको छ।

 

सम्बन्धित समाचार

सबै