सर्लाही । चन्द्रनगर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका तीन महत्वपूर्ण ऐतिहासिक सम्पदाबारे अनुसन्धानमा आधारित लघु अनुसन्धान पुस्तिका लेखन तथा प्रकाशन गरेको छ।
ती पुस्तिकाहरूको विमोचन पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव २०८३ का प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले गरेका हुन्।
महोत्सवमा निम्न ३ पुस्तकहरु विमोचन गरिएको हो –
१. नाढीमन ताल (यक्ष दह)
२. चन्द्रनगर गाउँपालिका क्षेत्रको ऐतिहासिकता : शताब्दीपूर्वको समृद्ध नगरी
३. सर्लाहीको चन्द्रनगर गरहाटोल स्थित गढीदाई मन्दिर
गाउँपालिकाका अनुसार यी पुस्तिकाहरू चन्द्रनगर गाउँ कार्यपालिकाको कार्यालयमा अध्ययनका लागि उपलब्ध छन्। इच्छुक व्यक्तिहरूले कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।
साथै, केही दिनभित्र यी पुस्तिकाहरूको डिजिटल संस्करण गाउँपालिकाको वेबसाइटमार्फत पनि सार्वजनिक गरिने जानकारी दिइएको छ।
अनुसन्धान, लेखन, प्रकाशन तथा विमोचन प्रक्रियामा सहयोग गर्ने सबैप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।