कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ घोषणा, यही सातादेखि छायांकन सुरु हुने

0 Shares

काठमाडौं । नेपाली कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको घोषणा काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा गरिएको हो।

घोषणा कार्यक्रममा फिल्मका कलाकार, प्राविधिक टोली तथा नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले फिल्मको सफलताको शुभकामना व्यक्त गरेका थिए।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन्।

कार्यक्रममा निर्माता रघुनाथ सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य परियोजनालाई पनि **‘तीन तीघ्रे क्या बिग्रे’**पछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।

फिल्मका गीत पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेका फिल्ममा शमशेर लामा मेकअप तथा जीवन पोखरेल कस्ट्युम डिजाइनको जिम्मेवारीमा छन्।

फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिनाराजु तिमल्सिनालगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक अमरदीप सापकोटाका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ पूर्ण मनोरञ्जनात्मक कमेडी फिल्म हुनेछ, जसले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ प्रस्तुत गर्नेछ।

फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै