काठमाडौं ।
२०८१ सालको सुपरहिट नेपाली फिल्म पुजार सार्की अब युट्युबमार्फत सार्वजनिक भएको छ। हलमा सफल प्रदर्शनपछि करिब दुई वर्षको अन्तरालमा फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिएको हो।
आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परीक्षा लिम्बु लगायत कलाकारको अभिनय रहेको यो फिल्मले बक्स अफिसमा ७ करोड ३८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो। रिलिजको समयमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म अहिले पुनः अनलाइन दर्शकमाझ आएको हो।
सामाजिक कथावस्तुमा आधारित पुजार सार्की लाई निर्देशक दिनेश राउत ले निर्देशन गरेका हुन्। फिल्मका निर्माता सुवास भुसाल हुन् भने कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्।
निर्माण टिमका अनुसार हलमा सुपरहिट भएपछि दर्शकको मागलाई ध्यानमा राख्दै फिल्मलाई डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो।
फिल्म अहिले ओएसआर मुभिज को आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।