‘कार्साङ’को अग्रिम बुकिङ खुला, यस्तो छ शो संख्या

0 Shares

‘कार्साङ’को अग्रिम बुकिङ खुला, यस्तो छ शो संख्या

पुस २६ गतेबाट रिलिज हुन लागेको ‘कार्साङ’ सिनेमाको अग्रिम बुकिङ खुला भएको छ ।

सिनेमाले सुखद् संख्यामा शो पाएको छ ।

सिनेमाले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको काठमाडौं उपत्यकाका चेनमा २५ शो पाएको छ । यस्तै मोफसल चेनमा २८ शो उपलब्ध गराएको छ ।

त्यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीन चेनमा १५ शो दिएको छ ।

यस्तैम एफ क्युब सिनेमाज् र विएसआर मुभिजले समान ६-६ शो उपलब्ध दिएका छन्।  बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

‘कार्साङ’ यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा हो । सिनेमाले ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाको भनाइ छ ।

२ घन्टा ५ मिनेटको ‘कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।

सम्बन्धित समाचार

सबै