‘जाने भी दो यारो’ – चार दशक पुरानो कालजयी व्यंग्य

0 Shares

४१ वर्ष पहिले, कम बजेटमा बनेको एउटा उत्कृष्ट सिनेमा जसले व्यावसायिक हिन्दी सिनेमाभन्दा बिल्कुल फरक बाटो अपनाएको थियो, त्यसले सबैलाई अचम्ममा पारिदियो।

२ अगष्ट १९८३ मा रिलिज भएको’जाने भी दो यारो’ सिनेमाले केवल एक कल्ट क्लासिक बनेन, बरु यसले भारतीय सिनेमालाई पुनः परिभाषित गर्‍यो र बलिउडलाई नयाँ कलाकार, क्रू र क्रिएटिभ दिमागको एउटा नयाँ पिढीको परिचय गरायो ।

 भ्रष्टाचारको गोलबन्दमा फस्ने दुई फोटोग्राफरहरूको कथा भन्ने यो सिनेमा भारतीय हास्य सिनेमाहरुमा सबैभन्दा उत्कृष्ट कृतिहरू मध्ये एकको रूपमा चिनिन्छ।

यस फिल्मका निर्माता कुन्दन शाहलाई सिनेमा प्रति  सानोदेखि नै प्रेम थियो ।

उनी एक्शन, ड्रामा र मानव कथाहरूमा बढी चासो राख्थे। भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटमा अध्ययन गर्दा उनले अचम्मले व्यग्य लेख्न सक्षम भएको अनुभव गरे।

उनले एउटा कम बजेटमा बन्ने सिनेमाको स्क्रिप्ट लेखे जसले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्‍यो र पुरस्कारको रूपमा एनएफडीसी (नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अफ इन्डिया) ले त्यसलाई फाइनान्स हुने वाचा पायो। तर उनले के भएर हो त्यो फिल्म बनाउने मन गरेनन्  बरु त्यसको सट्टामा उनले जाने भी दो यारो को पहिलो ड्राफ्ट लेखे।

कुन्दन शाहले एक पटक सम्झना गर्दै भनेका थिए: “उनीहरूले फेरि यो कमिटीबाट जानुपर्छ भने, तर मैले त्यो फिल्म बनाउने भन्दा आफ्नो सम्भावना परीक्षण गर्न चाहेको थिएँ। स्क्रिप्ट कमिटीले स्क्रिप्टलाई स्वीकृति दियो र मलाई पैसा मिल्यो र म तयार थिएँ।”

कम बजेट भएकाले शाहलाई नयाँ र प्रतिभाशाली कलाकार र क्रूको आवश्यकता थियो। उनले भविष्यका महान कलाकारहरूलाई समेटेको एक सपना टोली तयार पारे। सुधीर मिश्रा र विधु विनोद चोपड़ा लाई सहायक निर्देशकको रूपमा राखे जसले स्क्रिप्ट र प्रोडक्सनमा काम गरेका थिए। दुबै पछि सफल फिल्म निर्माता बने र मुख्य पात्रहरूलाई तिनीहरूको नाममा राखिएको थियो।

मिश्रा एक पटक भनेका थिए: “यदि एनएफडीसीले यसलाई निर्माण नगरेको भए यो फिल्म कहिल्यै नबन्न सक्थ्यो।”

नसीरुद्दीन शाहले आफ्नो अभिनय करियर स्थापित भइसकेका थिए । उनले नयाँ फिल्म निर्माता र प्रतिभामा विश्वास राख्दै ४५ दिनको समय सहमत भए।

कुन्दन शाहले आफ्नो अर्को प्रमुख कलाकार रवी बसवानीलाई फिल्म चश्मे बदुर बाट नजरमा राखिराखेका थिए । शाहले उनलाई पनि अनुबन्धन गरे। तर थुप्रै महिलाले फिल्ममा अभिनय गर्न अस्वीकार गरे भने केहीले आफ्नो व्यस्ततालाई देखाए ।

भक्ती बरवेलाई एक मराठी नाटकमा देखेपछि अन्ततः उनलाई सिनेमामा भित्र्याइयो। काम गरेपनि उनले डबिङ गर्न अस्वीकार गरिन् र उनको अभिनयमा अनिता कंवरको आवाज प्रयोग गरियो।

नयाँ कलाकार पंकज कपूर त्यतिबेला मात्र २७ वर्षका थिए, उनले ४५ वर्षको पात्र खेल्न सहमति जनाए।   यसले उनको उत्कृष्ट करियरको सुरुवात गर्यो।

अन्य कम परिचित कलाकारहरू, जो पछि नेना गुप्ता, सतीश कौशिक र ओम पुरी जस्ता दिग्गज बने, फिल्ममा महत्त्वपूर्ण भूमिकाहरू निर्वाह गरे।

अनुपम खेरलाई पनि डिस्को किलर नामक हिट म्यानको रूपमा कास्ट गरिएको थियो र जब उनको पात्र फिल्मबाट सम्पूर्ण रूपमा काटियो। रोल काटिएपछि उनी निकै पिरोलिएका थिए। बजेटको कमीले यो शूटलाई निकै चुनौतीपूर्ण बनाएको थियो।

Capture 27

नसीरुद्दीन शाहले भनेका थिए: “शूटिंगमा यो सबैभन्दा नराम्रो अनुभव थियो, सबैभन्दा नराम्रो। कुनै अतिरिक्त कुराको लागि पैसा थिएन, कुनै पनि कुराको लागि थिएन। सधैं यो फिल्म बन्दैन कि जस्तो लागिरहेको थियो, तर  पनि हामीलाई यसलाई बनाउनु पर्छ भनेर लागेका थियौं।”

पैसा निकै कम थियो र निर्माण नियंत्रक विधु विनोद चोपड़ालाई सानो भूमिकामा काम गर्नुपर्‍यो।

मिश्राले भने: “मैले सोचें कि अधिकांश कलाकारहरूले फिल्ममा विश्वास गरेका थिएनन्।”

उनको नजरमा शूटिंग अव्यवस्थित प्रकारको थियो। बसवानी एक नाटक खेल्दै फिल्ममा काम गर्दै थिए।

नसीरुद्दीन शाहले भने: “मैले सोचें कि यो फिल्म सफल हुनेछैन। मैले सोचे कि हामी सबैभन्दा बेवकूफ फिल्म बनाउन गइरहेका छौं।”

फिल्म पुरा भएपछि, यो लगभग चार घण्टा लामो भयो।

रेणु सलुजा, जसले पछि परिन्दा, १९४२: ए लभ स्टोरी, बन्दिट क्विन, र पर्देस जस्ता क्लासिकहरूको सम्पादन गरेकी थिइन उनले यो सिनेमाको पनि जिम्मा लिइन्।

मिश्राले भने: “कुन्दन र रेणुले फिल्मलाई सम्पादन कक्षमा पुनः लेखे। म यो कुरा पक्का जान्दछु, यो उनको प्रिय फिल्ममध्ये एक थियो। मैले सम्पादनमा समय बिताएको र यो निकै रमाइलो थियो। यो कुनै प्रकारको मास्टर क्लास जस्तो थियो।”

पहिलो कट हेरेपछि, ती सबै कलाकारहरूले जसले यसलाई असफल परियोजना सम्झेका थिए, उनीहरुले आफू एउटा विशेष कुराको अंश भएको चाल पाए र यसलाई माया गर्न थाले।

दुर्भाग्यवश, ठूलो प्रोडक्सन हाउसको समर्थन बिना वा प्रचारको बजेट नभएको कारण यसले सिनेमाघरमा कमजोर रिलिज पायो।

मिश्राले सम्झे: “सिनेमाघर बाहिर सिनेमाको एउटा होर्डिंग पनि थिएन।”

समयसँगै, फिल्मले आफ्नो दर्शक भिडियो, टेलिभिजन, डिभिडी र महोत्सवहरूमा  कमायो। हाल यो अमेजन प्राइम  र पुरै यूट्यूब मा हेर्न सकिन्छ। यसले सबै उमेरका दर्शकहरूलाई विभिन्न पुस्तामा मनोरञ्जन प्रदान गरेको छ र यसले समेटेका भ्रष्ट समाजका विषय अझै सन्देशपूर्ण छन्।

नसीरुद्दीन शाहले भनेका थिए: “मैले शूटिंगको सम्पूर्ण समयमा हामी जुन फिल्म बनाइरहेका थियौं, त्यसमा निराश थिएँ, तर म गलत साबित भएं।”

यद्यपि कुन्दन शाहले शाहरुख खानलाई कभी हां कभी ना जस्तो ठूलो व्यावसायिक फिल्म निर्देशन गरेपनि ‘जाने भी दो यारो’ उनको उत्कृष्ट र करियर परिभाषित फिल्म बन्यो।

उनले भनेका थिए: “जाने भी दो यारो त्यो फिल्मको छायाँ हो जुन म बनाउन चाहन्थें। र बाँकी सबै जाने भी दो यारो का छायाँ हुन्।”

(नोटयो लेख अस्जद नजीरले १० अगस्त, २०२३ मा लेखेका हुन्)

सम्बन्धित समाचार

सबै