‘पुष्पा २ : द रुल’ एकदिन अगाडि नै रिलिज हुने

0 Shares

बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’ले आफ्नो रिलिज मिति परिवर्तन गरेको छ ।

अब सिनेमा पूर्वघोषित मिति भन्दा एक दिन अगाडि डिसेम्बर ५ मा रिलिज हुनेछ।

डिसेम्बर ५ मा दक्षिण भारतमा सार्वजनिक विदा भएकाले सोही विदाको फाइदा लिने उद्देश्यले रिलिज मिति परिवर्तन गरिएको हो।

वितरक र निर्माताले पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिएका हुन् । उनीहरुले नयाँ रिलिज मिति सहित पोस्टर समेत सार्वजनिक गरेका छन् ।

बिहीबार सार्वजनिक नयाँ पोस्टरमा सिनेमाका मुख्य अभिनेता अल्लु अर्जुनलाई मात्रै फिचर्ड गरिएको छ।

पोस्टरमा उनलाई सिगार तान्दै पेस्तोल हेरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । नेपालमा यो सिनेमा कन्र्फम भएको ए-एट्, डिसिएन र आरआर फिल्मस्ले संयूक्त रुपमा वितरण गर्दैछन् ।

मैत्री मुभि मेकरको व्यानरमा निर्माण भएको सिनेमाका निर्देशक सुकुमारन हुन् ।

सिनेमा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, सुनिल, जगदीश प्रताप भण्डारी, अनुसुया भारद्धाज, राव रमेश, अजय घोष, जगपथी बाबु, प्रकाश राज, धनन्जय लगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

सम्बन्धित समाचार

सबै