एक महिना तयारी गरियो तर सुटिङमा जाने बेलामा ‘काली’ भन्दै निकालियो

0 Shares

नेपाली रजतपटमा अहिले ‘परान’ फिल्मको रकेट सफलताको चर्चा चलिरहेको छ। तर यो खुशीको खबरकाबीच एक संघर्षशील अभिनेत्रीलाई एक निर्देशकले फिल्मका लागि मौखिक रूपमा पक्का गरेर महिनादिनभन्दा बढी तयारी गर्न लगाएर सुटिङको मुखमा ‘काली भयौ, मेरो चिफ एडीले मानेन’ भन्दै हटाइदिएका छन्।

हाल सो फिल्मको धमाधम सुटिङ चलिरहेको छ। यसरी निकाल्ने ती मेकरको यसअघिको फिल्म नेपाली बक्स अफिसमा नराम्ररी पछारिएको थियो। उनले ती अभिनेत्रीको प्रश्न छ — “म काली छु भन्ने त सर्वविदित कुरा हो। तपाईंले राम्रो अभिनय गर्ने मान्छे हो भनेर वाचा गर्नुभयो, अनि मेरो समय बर्वाद गर्नुभयो?”

हुन त, आफ्नो फिल्ममा कसलाई राख्ने वा नराख्ने कुरा निर्देशकको स्वविवेकमा पर्छ। तर वचन दिएर अन्तिम घडीमा कुनै कलाकारलाई निकाल्नु कलाकारको अपमान मात्र होइन, कलाकारितामा व्यवसायिक वातावरण हुनुपर्छ भन्ने मान्यताको पनि अपमान हो।

अब फिल्ममा हटाउने निर्णय नै लिए पनि, कम्तीमा ती अभिनेत्रीको समय खेर फालिएकोमा केही पारिश्रमिकसहितको ‘गुड जेस्चर’ले बिदा दिएको भए ती मेकर तल पर्ने थिएनन्। आखिर समय त उनको फिल्मकै लागि लगानी भएको थियो।

स्मरण रहोस् — उनको यसअघिको फिल्म बक्स अफिसमा फ्लप भएको थियो।

सम्बन्धित समाचार

सबै