‘रोल नं १’ टिजर सार्वजनिक, गरिब विद्यार्थीको संघर्ष र छात्रवृत्तिको पीडा उजागर

0 Shares

काठमाडौं । आगामी नेपाली फिल्म रोल नं १ को मार्मिक टिजर सार्वजनिक गरिएको छ। निर्माता विनोद पौडेल ले निर्माण गरेको फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

टिजरले गरिब परिवारको शैक्षिक संघर्ष, छात्रवृत्तिमाथिको निर्भरता र अवसर गुमाउँदाको पीडालाई भावुक ढंगले प्रस्तुत गरेको छ। बाबुले आफ्ना सपना त्यागेर छोराको भविष्यका लागि गरेको संघर्ष र त्यो सपना अधुरै रहँदाको निराशा टिजरमा देख्न सकिन्छ।

फिल्मले सरकारी छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनैपर्ने व्यवस्थाले गरिब तथा पिछडिएका विद्यार्थीमाथि पार्ने असरलाई उठाएको छ। पढाइमा सफल हुन नसक्दा बालमनोविज्ञानमा पर्ने दबाब, सामाजिक प्रतिष्ठाको बोझ र त्यसले परिवारमा ल्याउने निराशालाई टिजरले यथार्थपरक ढंगले देखाएको छ।

‘Roll No. 1’ Teaser Highlights Educational Struggles of Poor Families

निर्माण पक्षका अनुसार फिल्मले अधिकांश नेपाली गरिब परिवारको साझा कथा बोल्नेछ। ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको यो नयाँ फिल्मले वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरलाई केन्द्रमा राखेको छ।

निर्देशक जोन योञ्जन को निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगीसिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवालसिजल श्रेष्ठ ले अभिनय गरेका छन्।

फिल्मका निर्माता विनोद पौडेलजान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरीरमेश चौलागाईं रहेका छन्। कथा तथा पटकथा महेश दवाडी ले लेखेका हुन्।

म्याग्दी जिल्लाका विभिन्न ग्रामीण तथा रमणीय क्षेत्रमा छायांकन गरिएको फिल्मको डीओपी शिवराम श्रेष्ठ हुन्। फिल्ममा संगीत प्रशान्त शिवाकोटी, बीजीएम रोहित शाक्य, चिफ एडी फिरोज खड्का, प्रोडक्सन डिजाइन कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्। सम्पादन मदन घिमिरे ले गरेका हुन्।

फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन हुनेछ। वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टजे एम सिनेमा ले लिएका छन्।

सम्बन्धित समाचार

सबै