‘सिठ्ठी बजाउँदै’ सार्वजनिक, राहुल–प्रियंकाको नृत्य र केमेस्ट्री चर्चामा
0
Shares
काठमाडौँ । गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहान को स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत सिठ्ठी बजाउँदै सार्वजनिक गरिएको छ। राजधानीस्थित रञ्जना सिनेप्लेक्स मा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो।
कार्यक्रममा चलचित्र निर्देशक समाज का अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कला, संस्कृति तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्व र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जगत तिरुवा को शब्द, संगीत तथा र्याप रहेको गीतलाई जीवन बडु ले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन्। रञ्जित कुमार चौधरी र रीत बहादुर श्रेष्ठ निर्माता रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की र गायक राहुल श्रेष्ठ को आकर्षक प्रस्तुति देख्न सकिन्छ।
विशेषगरी राहुल र प्रियंकाबीचको केमेस्ट्री तथा ऊर्जावान नृत्य भिडियोको मुख्य आकर्षण बनेको छ। लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका राहुल श्रेष्ठ केही अन्तरालपछि यस म्युजिक भिडियोमार्फत पुनः दर्शकमाझ आएका हुन्।
कबिराज गहतराज को कोरियोग्राफी रहेको भिडियोमा दावा बल तामाङ सह–कोरियोग्राफरका रूपमा रहेका छन्। भिडियोको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन्।
सौरभ लामा ले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर संयोजन मनोज कार्की ले गरेका छन् भने निर्देशन देव कुमार श्रेष्ठ ले गरेका हुन्। भिडियो OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।