यस्तो पहिरन लगाएर सबैलाई छक्कै पारिन् प्रियंका चोपडाले (हेर्नुस् भिडियो)

0 Shares

बलिउडदेखि हलिउडसम्म आफ्नो प्रभाव जमाएकी अभिनेत्री प्रियंका चोपडा ओस्कारको अफ्टर–पार्टीमा फेरि एकपटक आफ्नो ग्ल्यामरस उपस्थितिका कारण चर्चामा आएकी छन्। उनले लगाएको ब्याकलेस सेक्विन्ड ड्रेस र स्टाइलिश लुकले रेड कार्पेटमा सबैको ध्यान खिचेको छ।

ओस्कर अवार्डपछि आयोजित भ्यानिटी फेयर अफ्टर–पार्टीमा प्रियंकाले चम्किलो सेक्विन्ड ब्याकलेस ड्रेसमा उपस्थित हुँदा उनको आकर्षक अवतार सामाजिक सञ्जालमा भाइरल बनेको हो। उनको स्टाइल र आत्मविश्वासी उपस्थितिलाई प्रशंसकले निकै रुचाएका छन्।

यहीबीच प्रियंकाका पति तथा गायक निक जोनास ले पनि अभिनेत्रीको फोटोसुटको केही ‘बिहाइन्ड द सिन्स’ क्लिप सामाजिक सञ्जालमा सेयर गरेका छन्। उक्त भिडियोमा प्रियंका फोटोसुटका लागि तयारी गर्दै गरेको र विभिन्न पोजमा फोटो खिचाउँदै गरेको देखिन्छ।

निकले सेयर गरेको भिडियोले प्रशंसकको ध्यान झनै खिचेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रियंकाको स्टाइल र ग्ल्यामरको खुलेर प्रशंसा गर्दै उनलाई “ओस्कार अफ्टर–पार्टीको शो–स्टपर” भनेर टिप्पणी गरेका छन्।

हलिउडमा निरन्तर सक्रिय प्रियंका चोपडा अन्तर्राष्ट्रिय रेड कार्पेटमा आफ्नो फेशन सेन्स र आत्मविश्वासका कारण सधैं चर्चामा रहने अभिनेत्रीमध्ये एक मानिन्छिन्। यसपटक पनि ओस्कारको अफ्टर–पार्टीमा उनको स्टाइलले चर्चा बटुल्न सफल भएको छ।

 

View this post on Instagram

 

A post shared by Nick Jonas (@nickjonas)

सम्बन्धित समाचार

सबै