आखिर विराट कोहलीकी यी पूर्वप्रेमिकाले किन छिन् चर्चामा ? जान्नुस् उनी को हुन् ?

0 Shares

भारतीय क्रिकेट स्टार विराट कोहलीसँग विगतमा सम्बन्धमा रहेकी ब्राजिलियन मोडल तथा अभिनेत्री इजाबेल लेइटे फेरि एक पटक सामाजिक सञ्जालमा चर्चामा आएकी छन्। हालै कोहलीको ‘महिलाप्रति रुचि’ सम्बन्धी भनाइ वा पोस्टसँग जोडिएको चर्चामा उनले दिएको प्रतिक्रियाले पुनः पुरानो सम्बन्धको विषयलाई सतहमा ल्याएको हो।

सो पोस्टमा उनले “यो १२ वर्ष भइसक्यो, अझै पनि चलिरहेको छ। मानिसहरू किन यसलाई छोड्दैनन्?” भनेर प्रतिक्रिया दिएकी छन्। खासमा एक इन्स्टाग्राम एकाउन्टमा कोहलीले डेटिङ गरिएका भनिएका युवतीहरुको कोलाज् जस्वित पइोस्ट गरिएको थियो जहाँ विराटपत्नी अनुष्का शर्मासमेतलाई राखिएको छ ।

सन् २०१२ मा उनले सिंगापुरको सडकमा विराटलाई एक रहस्यमय युवतीसँग देखिएको खबर सार्वजनिक भएको थियो। पछि ती युवती इजाबेल भएको खुल्यो, जो एक मोडल तथा उदीयमान अभिनेत्री थिइन्। सोही वर्ष उनले आमिर खान र रानी मुखर्जी अभिनीत फिल्म ‘तलाश’ मा सानो भूमिकामा समेत अभिनय गरेकी थिइन्।

त्यसको अर्को वर्ष, उनले हिन्दी फिल्म ‘सिक्सटिन’ बाट पूर्ण रूपमा अभिनयमा डेब्यु गरेकी थिइन्। सन् २०१४ मा आफ्नो अर्को फिल्म ‘पुरानी जीन्स’ को प्रचारका क्रममा उनले एक अन्तर्वार्तामा विराटसँगको सम्बन्ध पुष्टि गरेकी थिइन् र उनीहरू सोही वर्ष छुट्टिएको संकेत दिएकी थिइन्।

उनले भनेकी थिइन्, “विराट भारत आउँदा मैले भेटेका पहिलो भारतीय साथीहरूमध्ये एक थिए। हामी केही समयसम्म डेट गरिरहेका थियौं। हामी करिब दुई वर्ष सँगै थियौं। तर हामीले यसलाई सार्वजनिक गर्न चाहेनौं। त्यसैले हो, विराट र मेरो सम्बन्ध थियो।”

इजाबेल लेइटे ब्राजिलकी मोडल तथा अभिनेत्री हुन्, जसले भारतीय मनोरञ्जन क्षेत्रमा समेत काम गरेकी छन्। उनी र विराट कोहलीबीच करिब २०१२–२०१४ तिर सम्बन्ध रहेको चर्चा भारतीय मिडियामा व्यापक रूपमा हुने गरेको थियो, यद्यपि दुवैले सार्वजनिक रूपमा सम्बन्धबारे धेरै विवरण खुलाएका छैनन्।

हालै सामाजिक सञ्जालमा कोहलीसँग सम्बन्धित एउटा पोस्टमा इजाबेलको प्रतिक्रिया देखिएपछि प्रयोगकर्ताहरूले पुरानो सम्बन्ध र त्यस समयको घटनाक्रमबारे फेरि चासो देखाएका छन्। उक्त प्रतिक्रियाले उनीहरूबीचको विगतको सम्बन्धबारे चर्चालाई पुनः तातेको छ।

इजाबेल पछिल्ला वर्षहरूमा फिल्म र मोडलिङ परियोजनामा सक्रिय रहँदै आएकी छन् भने विराट कोहली क्रिकेटसँगै विश्वव्यापी खेल व्यक्तित्वका रूपमा स्थापित छन्।

सम्बन्धित समाचार

सबै