रोजिना र जस्मिनको स्वरमा शिशिरले ल्याए नयाँ गीत ‘ढक्कमक्क रानीबन’

0 Shares

संचारकर्मीसमेत रहेका शिशिर भण्डारीले आफ्नो शब्द संगीतमा नयाँ गीत रिलिज गरेका छन् ।

बुधबार उनले रोजिना बस्नेत तथा जस्मिन बरालको संयूक्त स्वरमा ‘ढक्कमक्क रानीबन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

शिशिर पछिल्लो समय संचारकर्मसँग वेबसिरिज तथा संगीत श्रृजनामा सक्रिय रहेका छन् ।

सार्वजनिक गीतले आफूलाई मनपरेको युवकसँग प्रेम र धकाएर बोल्न नसकेको प्रसंगलाई गीतमा प्रस्तुत गरेको छ।

प्रेमिल शैलीमा बनाइएको गीतले विशेषगरी युवतीहरुलाई मनपराउने देखिन्छ।

गीतको भिडियो पनि शिशिर भण्डारीको निर्देशनमा तयार भएको हो। भिडियोमा शिशिरले आभा थापा तथा अनुष्का थापासँग स्क्रिन सेयर गरेका छन् ।

गीतको छायाँकार ज्ञान कुमार कट्टेल हुन भने संपादक एवं रंग संयोजन दिनसन शाहले गरेका छन् ।

सम्बन्धित समाचार

सबै