0
Shares

गायिका मिलन नेवार र फेथोम ब्यान्डको स्वरमा युगल गीत ‘सिरिमा सिरी’ सार्वजनिक भएको छ ।
विजय कट्टेल र फेथोम ब्यान्डद्वारा लेखिएको उक्त गीतमा मिलन नेवार, रोशन कालिकोटे र फेथोम ब्यान्डको प्रस्तुति रहेको छ ।
म्युजिक भिडियोसहितको उक्त गीत कृति आर्ट को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
विजय कट्टेलको संगीत रहेको गीतमा र्याप गीत फेथम ब्यान्डको हो भने संगीत संयोजक बिजेश्वर राज तण्डुकारले गरेका छन् ।
गीतको म्यूजिक भिडियो रोशन कालिकोटेको निर्देशनमा तयार भएको हो । भिडियोमा मिलन, फेथोम तथा रोशनको अभिनय रहेको छ ।