राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक

0 Shares

 गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ।

गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड गरिएको तेस्रो गीत हो। विक्रम राईको संगीत, सागर संसार राईको एरेञ्ज, किशोर थापाको मिक्सिङ र मास्टरिङ, र राजेश श्रेष्ठको रेकर्डिङका साथ तयार गरिएको यो गीतले जीवनको यथार्थता प्रस्तुत गरेको छ।

गीतमार्फत उनले माया, प्रेम, सद्भाव, र हाँसीखुसी बाँच्नुपर्ने महत्त्वपूर्ण सन्देश दिएका छन्। ‘ए वान म्यूजिकियन स्टुडियो’मा रेकर्ड गरिएको यो गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यसअघि, उनले ‘तिमी मेरो पारूहाङ’ (पुरूष) र ‘तिमी मेरो सुम्निमा’ (महिला) गीतहरू सार्वजनिक गरेका छन्। समाजसेवामा सानैदेखि रुचि राख्ने राजेश पायल राई, किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव रहेका छन्।

 

सम्बन्धित समाचार

सबै