नेपालका प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जे.वी. पोखरेलको ‘ह्याप्पी हर्मोन’ गीत सार्वजनिक

0 Shares

नेपालका प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जे.वी. पोखरेल (जिवनाथ) द्वारा तयार पारिएको सांगीतिक कोसेली सार्वजनिक भएको छ।

उनले २०६३ सालमा किशोर-किशोरीलाई लागुऔषध तथा दुर्व्यसनबाट जोगाउन जनचेतना फैलाउने उद्देश्यले पूर्वको मेची पुलदेखि पश्चिमको दोधारा चाँदनीसम्म उल्टो साइकल यात्रा गरेका थिए। अब उनले आफ्नो स्वरमा रहेको ह्याप्पी हर्मोन बोलको गीत सार्वजनिक गरेका छन्।

यो डान्सिङ र मेलोडियस गीतमा जे.वी. पोखरेललाई गायिका रीता केसीले स्वरमा साथ दिएकी छन्।

गीतमा एउटै क्षेत्रमा काम गर्ने महिला पात्रको कथालाई प्रस्तुत गरिएको छ। तिमी त मेरो ह्याप्पी हर्मोन बोलको यस गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन्।

पोखरेलका अनुसार, यस गीतलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराउने योजना छ, जसले उनको मेची-महाकाली उल्टो साइकल यात्रालाई विशेष श्रद्धाञ्जली दिनेछ।

स्वास्थ्य क्षेत्रमा कार्यरत पोखरेल र शिक्षिका सुधा गौतमले भिडियोमा अभिनय गरेका छन्।

भिडियोमा पोखरेलले उल्टो साइकल यात्रा गर्दै गरेका विभिन्न दृश्यहरू समावेश गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ।

जे.वी. पोखरेलको निर्देशनमा बनेको भिडियोको छायांकन पदम बिस्वकर्मा, सुमन एसकेआर, र कमल श्रेष्ठले गरेका हुन् भने सम्पादन संदेश शाहले गरेका छन्।

भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार

सबै