अञ्जलीको नयाँ गीत ‘ए मेरो परदेशी’ सार्वजनिक

0 Shares

गायिका अञ्जली डिसीको स्वरमा रहेको नयाँ गीत ‘ए मेरो परदेशी’ सार्वजनिक गरिएको छ।

गीतमा रोजगारीको अभावमा विदेशिएका नेपाली युवा युवतीको दुःख र अनुभवलाई समेटिएको छ। देशको स्थितिले गर्दा विदेशिनु परेको पिडा र परदेशमा भोग्नुपरेको कठिनाइलाई यस गीतमा प्रस्तुत गरिएको छ।

गीतका शब्द र संगीत ओमानमा लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका काशी राम सुनार (काशी जेट) ले तयार पारेका हुन् भने संगीत संयोजन विशाल निरौलाले गरेका छन्।

सम्पूर्ण नेपाली युवाको प्रतिनिधित्व गर्दै काशी राम सुनारले छोटो बिदामा स्वदेश फर्किएर गीत ल्याएको बताएका छन्। उनी विगतदेखि नै बिदेशमा समस्यामा परेका नेपालीहरूको उद्धारमा सक्रिय रहँदै आएका छन्।

गीतको म्युजिक भिडियो दिनेश पराजुलीको छायांकन, दिनसन शाहको सम्पादन र गम्भीर विष्टको निर्देशनमा तयार पारिएको छ। भिडियोमा केकी अधिकारी, काशी राम सुनार र रमा थपलियाको अभिनय देख्न सकिन्छ।

सम्बन्धित समाचार

सबै