‘पिरतीले सल्काइदेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक

0 Shares

‘पिरतीले सल्काइदेउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा कृष्ण भटराई र नितु पौडेलको आवाज रहेको छ ।

रोमान्टिक गीतमा लोक राईको शब्द तथा बाबुल गिरीको संगीत र एरेन्ज रहेको छ ।

भिडियो सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार भएको हो।

गीतको भिडियोमा साया भण्डारी,अनुराग थपलिया, प्रिन्स युवराज कार्की र रानु कार्कीले अभिनय गरेका छन् ।

भिडियोमा करण सिंह चैसिरको छायांकन,सन्देश वि.कको कोरियोग्राफी,पदम सुवेदीको सम्पादन छ ।

भिडियोको कार्यकारी निर्माता शिवराज कार्की छन्, भने प्रिन्स युवराज कार्की र रानु कार्की निर्माता रहेका छन् ।

कमल प्रसाद शर्माको निर्माण संयोजन रहेको म्युजिक भिडियोमा भुवन श्रेष्ठ व्यवस्थापकमा रहेका छन् । भिडियो तपस्या युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार

सबै